सूचनाको शक्ति - The Power Of Information

        

भारतमा थप २ लाख ५७ हजार ६३ संक्रमित

काठमाडौं । भारतमा पछिल्लाे २४ घन्टामा दुई लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३८३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यही अवधिमा एक लाख ५१ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या १६ लाख ६४ हजार ७७८ रहेको छ ।

काेराेना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेका छन् ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७१ लाख २२ हजार १६४ पुगेको छ भने हालसम्म चार लाख ८६ हजार ६६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ४७.८३ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ०९:२८