सूचनाको शक्ति - The Power Of Information

        

कोठाभित्र कोइला बालेर सुतेका एकै परिवारका चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थिति बुदबुदीमा एकै परीवारका चार जनाको मृत्यु भएको छ । कोइला बालेर कोठाभित्र सुतेका आमासहित तीन जना बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, ८ वर्षीय छोरा चिरञ्जीवी बुढा र ५ वर्षीय सोमराज बुढाको मृत्यु भएको हो । कल्पाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाईका छोरा हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरु शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतेका थिए ।

‘ हामीले शनिबार राति साढे सात बजेतिरमात्रै घटना बारे जानकारी पाएका थियौं,’उनले भने,‘ त्यसपछि प्रहरी घटनास्थलमा गयर अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ०९:१७