सूचनाको शक्ति - The Power Of Information

        

दाङमा स्मार्ट लकडाउन : ७ बजेपछि रेष्टुरेन्ट खोल्न नपाइने

दाङ । दाङमा स्मार्ट लकडाउन गर्ने निर्णय भएको छ ।

जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेकाले जिल्लामा स्मार्ट लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

स्मार्ट लकडाउन अन्तर्गत जिल्लामा होटल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु साझ ७ बजे पछि खोल्न नपाइने निर्णय गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न र माघको अवसरमा कुनै पनि मेला महोत्सव सञ्चालन गर्न रोक लगाइएको उनले बताए ।

त्यस्तै माघ १५ गतेसम्म विद्यालयमा भौतिक पठनपाठन सञ्चालन गर्न नपाइने भएको छ । पूर्वनिधारित सेमेष्टर प्रणाली र वार्षिक परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन् ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १९:२४