सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

खजुरा गाउँपालिकाको गाउँसभा सम्पन्न: विभिन्न विधेयक पारित

पालिकास्तरका केही योजना संशोधन

बाँके । खजुरा गाउँपालिकाको १० औं गाउँसभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ ।

सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष एकमाया विकले १० औं गाउँसभामा सभा सदस्यहरुलाइ स्वागत गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गरिन् ।

सभामा विधायन समितिकी संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७८, कृषि तथा पशुपंछी विधेयक २०७८, सुशासन (व्यवस्थापन तथा सञ्चालन) विधेयक २०७८, समुदायका सबै बालबालिकाहरुका लागि समावेशी विद्यालय शिक्षा नीति २०७८ छ्लफलसहित पारित भएको छ ।

सभामा वडा तथा पालिकास्तरका केही योजना संशोधन गरिएको छ ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १९:१९