सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिममा चट्याङ्ग लागेर चार जना घाइते

रुकुम । रुकुम पश्चिममा हिजाे बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका-९ की ४० वर्षकी रेवती कामी, त्यही गाउँपालिकाका ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयाे ।

प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेमध्ये वीरपत, मनकला र झरनाको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । रेवतीको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

चट्याङ्ग लागेर त्रिवेणी गाउँपालिका-७ का गुमानसिंह ओलीको घरमा सामान्य क्षति पुगेकाे छ भने त्रिवेणी गाउँपालिका-९ का मानसिङ के सी का तीन ओटा बाख्रा मरेका छन् ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १३:०६