सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोना : २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

काठमाडौं । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो ।

भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार ११:४५