सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ ।

आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ पुष २०७८, बुधबार १०:१९