सूचनाको शक्ति - The Power Of Information

        

कीर्तिपुरमा राष्ट्रिय एकता दिवस मनाईयो

काठमाडौं ।  आज ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कीर्तिपुरमा एक कार्यक्रम गरि मनाइएको छ ।

काठमाडौं जिल्लाको कीर्तिपुरका स्थानीय तथा नागरिक समाजले पृथ्वीनारायण शाह स्मृति पार्क तथा शालिक निर्माण गर्ने भएका छन् ।

पृथ्वीनारायण शाह स्मृति पार्क तथा शालिक निर्माण ब्यवस्थापन समितीले किर्तिपुरको रानिबन नाके डाडामा प्रमुख अतिथि टीका बहादुर थापाले पृथ्वीनारायण शाहलाइ सबैले सम्मान का साथ हेरिनु पर्ने बताए ।

उनले भने कतिपय मान्छेहरू पृथ्वीनारायण शाहलाई घृणा गर्छन । थुकेर हिड्ने गर्छन् । नेपाल एकीकरण गर्ने त उनै हुन् नि । कसैले माने पनि, नमाने पनि इतिहास भनेको इतिहास नै हो । कसैले मेटाउन सक्दैन ।

त्यस्तै ब्यवस्थापन समितीको तर्फबाट श्याम अधिकारीले पृथ्वीनारायण एकताको प्रतीक रहेको र उनको सम्झनामा ५८ रोपनी जग्गामा पार्क तथा शालिकको लागि १ करोड रुपैयाँमा विभिन्न माध्यम बाट संकलन गरिने समेत बताए ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार १८:०७