सूचनाको शक्ति - The Power Of Information

        

१२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै आज मंगलबारदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो।

उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सुरु भइसकेको मन्त्रालयले जनाएकोछ छ।

खोप कार्यक्रम सुरु नभएका स्थानमा आजबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयको भनाइ छ।

बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार ०९:०७