सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

बाँके । बाँकेमा सोमवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३५ नमुना जाँच्दा ९, मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ र बागेश्वरी ल्याबमा ३४ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये ११ जना बाँकेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३१ पुगेको छ ।

प्रकाशित मिति : २६ पुष २०७८, सोमबार १७:२२