मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्न प्रतिवन्ध लगाएको छ । प्रदेश नम्बर १ को राजधानीसमेत रहेको विराटनगरमा अब मास्क नलगाईं हिंडे एक सय रुपैयाँ जरिवाना तिनुपर्ने स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्णय गरेको छ । जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम समितिको बैठकले अनिवार्यरुपमा मास्क लगाउन पर्ने नियम कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
उच्च गतिमा फैलन क्षमता भएको कारोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि यस्तो निर्णय गरिएको समितिले जनाएको छ । पसल तथा व्यवसाय सञ्चालकले समेत अब सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । मादण्ड पालना नगर्ने व्यवसयीलाई पाँच हजार जरिवाना गर्ने चेतावनीसमेत स्थानीय प्रशासनले दिएको छ ।
।