सूचनाको शक्ति - The Power Of Information

        

शनिवार बाँकेमा बाघले फेरी मान्छे खायो

फाइल तस्वीर

बाँके । बाँकेमा फेरी बाघले मान्छे खाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३२ बर्षीया चाँदनी थारुलाई बाघले खाएको हो ।

सदाबहार सामुदायिक बनमा घाँस दाउरा गर्न गएको ६–७ जनाको टोलीमध्ये थारुलाई बाघले शनिवार पौने १२ बजे झम्टेर लगेको थियो ।

साथीहरुले भागेर गाउँमा बताएपछि प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १२ बजेर २० मिनेटमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मुधसुदन न्योपानेले जानकारी दिए ।

योसमेत गरी बाघले बाँकेमा ४ जनालाई खाइसकेको छ ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार १८:२७