सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेसका नेताहरुको पहलमा बाढीपीडितलाई राहत

बझाङ । बझाङ पुुर्खौली घर भएका धनगढीमा बस्ने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको पहलमा जिल्लामा बाढीपीडित परिवारलाइ राहात वितरण गरेको छ ।

नेपाली काँग्रेस बझाङ धनगढी सम्पर्क समितिले पीडित परिवारको राहातका लागि संकलन गरेको अभियानबाट झण्डै ९ लाख नगद तथा जिन्सी सामान संकलन भएपछि सम्पर्क समितिले बाढी प्रभावित क्षेत्रमा आएर राहात वितरण गरेको हो ।

समितिको टोलीले वित्थडचिर गाउँपालिकामा भएको बाढीपीडित परिवारका लागि ५५ हजार केदारस्युुँ गाउँपालीकाका पीडित परिवारका लागि ४५ हजार र थलारा गाउँपालिकाका पीडित परिवारका लागि २ लाख नगद र २ लाख २५ हजार बरावरको खाद्यन्न सामाग्री वितरण गरेको राहत संकलन समितिका संयोजक तथा नेपाली काँग्रेस बुंगल नगरपालिकाका सभापति नरेशबहादुुर थापाले जानकारी दिए ।

साथै उक्त टोलीले खप्तडछान्ना गाउँपालिकामा १ लाख ५१ हजार रकमको खाद्यान्न तथा जिन्सी सामान दिएको छ । काँग्रेसका नेताहरुले छविसपाथीभेरा गाउँपालिकामा १० हजारको खाद्यान्न सामाग्री वितरण गरेको छ भने जिल्ला विपद व्यवस्थापन समितिलाई पनि १५ हजार नगद सहयोग गरेको छ । राहात वितरण गर्न आएको टोलीले बाढी प्रभावित पालिकाका काँग्रेसका नेताहरुसँग समन्वय गरि पीडित परिवारलाई राहत दिएको हो ।

टोलीले शुुक्रबार प्रमुख जिल्ला अधिकारीसँग भेट गरि राहत वितरण रकम दिएको स्थान र अन्य जिल्लाको विपदको अवस्थाबारे बुुझेका थिए । असौज अन्तिम साता आएको बेमौसमी बर्षाका कारण बझाङमा धेरै धनजनको क्षति भएपछि मानविय धर्म र दुुखमा साथ दिने उद्देश्यले मनकारी व्यक्तिहरुबाट राहत संकलन गरी वितरण गरेको टोलीका सदस्य तथा काँग्रेस महाधिवेशन प्रतिनिधि देवराज शर्माले जानकारी दिए ।

राहात दिने ३१ जना परोपकारी मानवतावादी व्यक्तिहरुमध्ये केहीले नगद दिएको तथा नरेश कुँवर र भीम बोहराले खाद्यन्न त्रिपालहरु दिएको वताए । प्रमुख जिल्ला अधिकारीले राहत दिन आएको टोलीलाई बधाइ साथै यस्तो कार्यको उच्च प्रशंसा गरेका थिए । बझाङ धनगढी काँग्रेस सम्पर्क समितिले यसअघि पनि कोरनाको बेला भारतबाट आएका नेपालीहरुलाई नाकामा खाना खुुवाएको थियो भने गत वर्ष बझाडको मेल्लेसीका बाढीपीडित परिवारलाई पनि राहत दिएको थियो ।

राहत वितरण गर्न आएको टोलीमा काँग्रेसका नेताहरु नरेश थापा, देबराज शर्मा, कटक जप्रेल, गणेश विष्ट, झलक रावल लगायतका थिए । यसपाली बाढी पहिरोले बझाडमा ३२ जनाको मृत्युु २५५ घर पूर्ण क्षति र अन्य जग्गा जमिन भौतिक संरचनाकमा धेरै क्षति भएको थियो । हालसम्म १ करोड जति सरकारी तहबाट राहत वितरण गरिसकेको र अन्य समुह समिति संस्था र पार्टीबाट पनि पीडित परिवारलाई राहत दिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार १०:१९