सूचनाको शक्ति - The Power Of Information

        

एमाले जिल्ला अधिवेशन

एमाले जिल्ला अधिवेशनको दोस्रो दिन : ६१ जिल्लामा नेतृत्व चयन हुँदै

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन

काठमाडौं । नेकपा एमालेले शुक्रबार जिल्ला अधिवेशन उद्घाटन गरेको जिल्लामा आज नेतृत्व चयन हुँदैछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भर्चुअल रुपमा देशभरका ६१ जिल्लाको जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । १६ जिल्लामा भने चिसो र हिमपात लगायत कारणले जिल्ला अधिवेशन स्थगित गरिएको छ।

हिजो अधिवेशन उद्घाटन भएका जिल्ला मध्ये कतिपय जिल्लामा शुक्रबार रातिबाट नै बन्दसत्र सुरु भएको छ भने कतिपय जिल्लामा आज बन्दसत्रको कार्यक्रम राखिएको छ।

बन्दसत्रबाट जिल्लाको नयाँ नेतृत्व चयन हुनेछ। अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार ०८:५७