बाँके । नेपाली काँगे्रस लुम्बिनीका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् ।
नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली कांग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मुल्यांकन गरिने बताए ।
नेपाल प्रेस युनियन बाँकेले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी कांग्रेसको आगामी योजनाका विषयमा बताएका हुन् ।
उनले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउए । पुनले देशव्यापीरुपमा चलिरहेको अधिवेशनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गरेको जिकिर गरे ।
।