सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा बैठक पुस २७ गते

काठमाडौं । राष्ट्रिय सभाकाे बैठक यही पुस २७ बस्ने भएकाे छ ।

यही २५ गते आइतवार दिउँसाे १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलवार दिउँसाे १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले याे बैठक निर्धारण गर्नुभएको हो ।

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १५:०९