सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंको बाैद्धमा सँगै बसेका युवक-युवती मृत फेला

काठमाडौं ।  काठमाडौंको ​ ​बाैद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा दुईजना युवायुवती मृत फेला परेका छन् ।

संखुवासभा घर भएका २५ वर्षीय अनिश जिमी र खोटाङकी युसुना राई मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरू दुवैजना सँगै डेरा गरी बस्दै आएका थिए । दुवैजनाको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट धारिलो हतियार समेत बरामद गरेको छ ।

दुबैजनालाई आफन्तीले उपचारका लागि चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले मृत घाेषणा गरेका थिए ।

बिहीबार राति नै दुवै जनामाथि धारिलो हतियार प्रहार भएको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

गएराति साढे १२ बजेतिर खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । युवतीको शरीरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट देखिएको प्रहरीले जनाएको छ ।

कोठामा रक्सीकाे बोतल, चुरोटका ठुटा र मासु भेटिएको छ । दुवैजना प्रेममा पनि रहेको र सँगै बस्दै आएकाले त्यही प्रेमकै विषयमा विवाद भएपछि आपसमै चक्कु प्रहार भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १०:०७