निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा
।
बाँके । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा सागर आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यही पुस २३ र २४ गते हुन गइरहेको ८ औं नेपाल निजामती कर्मचारी युनियनको अधिबेशनमा अध्यक्ष पदका लागि आचार्यले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आचार्य राप्ती सोनारी गाउँपालिकाको आन्तरिक लेखा परिक्षकको रुपमा कार्यरत छन् । विगत लामो समयदेखि युनियनमा आवद्ध आचार्यले कर्मचारीहरुको हकहितका लागि आफूले उम्मेदवारी दिन लागेको बताए ।
।