सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।

देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट नै कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण स्थगित भएपछि देउवाको भ्रमण रद्द भएको हो ।

जनवरी १० देखि १२ तारिखसम्म भारतको गुजरातमा हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डल आइतबार त्यसतर्फ जाने तय भएको थियो ।

कोरोनाको नयाँ भेरि ओमिक्रोन भेरिएन्टको कारण देखाउँदै गुजरात सरकारले नै सम्मेलन स्थगित गरिसकेको छ ।

‘सम्मेलन नै नहुने भएपछि भ्रमण हुने कुरा भएन । भ्रमणसम्बन्धी पूर्व निर्धारित सबै कार्यक्रम रद्द गरिएको छ’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गुजरातमै साइडलाइन वार्ता गर्ने तय भएको थियो ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १७:१२