सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समितिको सिफरिसमा बस्नेतलाई परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त गरिएको हो ।

सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद् गठन गरेको हो । यसअघि परिषद्को कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल रहनुभएको थियो ।

झापाको दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०९:०५