सूचनाको शक्ति - The Power Of Information

        

एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयघातबाट निधन

रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ ।

जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको जानकारी दिए ।

रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।

रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले केन्द्रीय सदस्य कुमार दसौदीले सामाजिक सन्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०८:५६