सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

दैलेख । दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप लोहोरे खोला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा भगवतीमाई गाउँपालिका वडा नम्बर ६ का कृष्ण रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक भगवतीमाई ६ कट्टीका २५ वर्षीय दीपक केसी भने फरार भएका छन् ।

दुर्घटनामा घाइते भएका आठमध्ये ६ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

चालकले गाडीकाे नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०८:४८