सूचनाको शक्ति - The Power Of Information

        

राजा वीरेन्द्रले प्रयोग गरेको बग्गी प्रदर्शनीमा

काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ–राज्यभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् ।

नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गरेका हुन् ।

नेपाल समाचारपत्रमा खबर छ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०८:३५