सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस नेतालाई धम्काएको आरोप लागेका एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो ।

पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको छ । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए । स्रोतका अनुसार सभापति यादवले एक मुद्दाका दुई जना अभियुक्तलाई छाड्न प्रहरीलाई दबाब दिएका थिए ।

तर सहयोग नगरेपछि आफूलाई एक वर्ष नपुग्दै सरुवा गरिएको पाण्डेले निकटस्थहरुसँग बताउने गरेका छन् । पाण्डेमाथि हतियारसहित यादवको घरमा गएर धम्क्याएको आरोप समेत लागेको छ ।

यस विषयमा २ नं. प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको थियो ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार १०:१२