सूचनाको शक्ति - The Power Of Information

        

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको ज्यान गयो

काठमाडौं । केही दिनयता बढेको चिसोका कारण धनुषा र सप्तरीमा एक/एक जनाको ज्यान गएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको कठ्याँग्रिएर ज्यान गएको हो ।

यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिनुभयो ।

चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेकोे जनाएका छन् ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार ०९:४६