सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षाकर्मीको पेन्सन अवधि समान बनाउने तयारी

काठमाडौं । गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायको न्यूनतम पेन्सन अवधि समान बनाउने तयारी अघि बढाएको छ।

नेपाली सेनामा रहेको प्रावधानअनुसार नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीको पनि न्यूनतम पेन्सन अवधि समान किसिमको बनाउने तयारी भइरहेको हो।

गृह मन्त्रालयको प्रस्तावअनुसार पेन्सन अवधिबारे मन्त्रिपरिषद्को विधेयक समितिमा समेत छलफल भएको छ। समितिले निर्णय गर्नुपूर्व लोकसेवा आयोगको सहमति लिने भएको छ।

समितिका संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सुरक्षाकर्मीको पेन्सन अवधिबारे समितिमा छलफल भएको जानकारी दिए ।

पेन्सन अवधि १६ बनाउने र पदपूर्ति गर्दा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत खुलाबाट गर्ने प्रस्तावबारे छलफल भएको खबर मित्र भण्डारीले गोरखापत्रमा लेखेका छन् ।

प्रकाशित मिति : २१ पुष २०७८, बुधबार ०९:३८