सूचनाको शक्ति - The Power Of Information

        

लम्बिँदै ओलीको रिट

काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनको पालो सोमबार पनि नआउँदा लम्बिँदै गएको छ।

ओलीले माधवकुमार नेपालको नयाँ दल र पार्टीले कारबाही गरेका प्रतिनिधिसभा सदस्य बदरको माग गरिएको रिट निवेदन हेर्न नभ्याइनेमा पर्दा लम्बिँदै गएको हो।

गोला प्रक्रियाबाट न्यायाधीशद्वय मीरा खड्का र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो।

गत साता पनि हेर्न नभ्याइनेमा परेको मुद्दा एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)को नयाँ दल र पार्टीले कार्वाही गरेका प्रतिनिधिसभा सदस्य बदरको मागसहित भदौ १८ मा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार ०९:२९