बाँके । बाँकेमा सोमवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा ५७ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।
भेरी अस्पतालमा १६ नमुना जाँच्दा १ र मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा २१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भएकामध्ये १ जना दाङका र १ जना दैलेखका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३ पुगेको छ ।
।