सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका कराते प्रशिक्षक दिपक गोसाईको निधन

बाँके । बाँकेका कराते प्रशिक्षक दिपक गोसाईको निधन भएको छ ।

लामो समयदेखि कलेजो रोगबाट पीडित गोसाईको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनका भाई प्रकाश गोसाईले जानकारी दिए ।

४७ वर्षीय गोसाई गएको भदौ महिनाबाट कलेजो समस्याले थप सिकिस्त बन्दै गएका थिए । करातेमा उनले नेपालबाट अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्दै आएका थिए ।

उनको सोमवार अन्त्येष्टि गरिएको छ । उनका श्रीमती र दुई छोरा छन् । कराते प्रशिक्षक गोसाईको निधनले बाँकेको खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको खेलकर्मीहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १७:२७