सूचनाको शक्ति - The Power Of Information

        

दुई पार्टीका केन्द्रीय सदस्य एउटै घरमा, श्रीमान् एमाले, श्रीमती माओवादीतिर

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रहेका दावा तामाङकी श्रीमती कुमारी मोक्तान नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा चयन भएकी छन् ।

बागमती प्रदेशमा सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तान माओवादीले आइतबार घोषणा गरेको केन्द्रीय कमिटीमा चयन भएकी हुन् । आदिवासी जनजातितर्फबाट उनी केन्द्रीय सदस्य भएकी हुन् ।

उनी माओवादीका मकवानपुर इन्चार्ज पनि हुन् । १० वर्षे जनयुद्ध लडेका सिन्धुपाल्चोकका तामाङ सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग गराइदिएपछि एमालेमा गएका हुन् ।

त्यसअघि उनी माओवादी केन्द्रमा थिए । पहिलो संविधान सभा निर्वाचन जितेका तामाङ २०७४ सालमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । तामाङ माओवादीमा रामबहादुर थापा समूहका थिए ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १२:२४