काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को संयुक्त टोलीले भारतबाट अली थरका युवकलाई नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बतायो ।
।