सूचनाको शक्ति - The Power Of Information

        

रूकुम पश्चिममा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

काठमाडौं । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्।

रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का (२६ को घाटी थिचेर हत्या गरेका हुन्।

गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख धुर्वकुमार श्रेष्ठले बताए। ‘श्रीमान दैनिक जसो रक्सी सेवन गर्दा रहेछन् त्यसदिन राति पनि रक्सीले मातेर आएका रहेछन्।

श्रीमतीसंग निहुँ खोजेर आफैले घाटी थिचेर हत्या गरे छन्। आत्महत्या गरेको पुष्टी गराउन मृतकको सल प्रयोग गरेर झुड्याएको अवस्थामा शव भेट्यौ,’ श्रेष्ठले भने, ‘हामीलाई शंका लागेर अनुसन्धान गर्दा खनालले हत्या गरेको स्वीकार गरेका छन्।’

हत्याका आरोपी खनाललाई जिल्ला कारागार म्याद थप गरेर राखिएको श्रेष्ठले बताए। ‘हामीले मृतको पोस्टमार्टमगरी सकेका छौ। त्यसको सबै रिर्पोट आएको छैन त्यसपछि सबै अनुसन्धान खुल्ने छ,’ श्रेष्ठले भने।

यसैबीच आफ्नी बहिनी कमलाको हत्या नै भएको भन्दै दाजु पलबहादुर खड्काले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन्। मृतक कमलाको ६ महिनाको छोरा छन्।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार ०९:४६