सूचनाको शक्ति - The Power Of Information

        

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ ।

शनिबार नै निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यतालिका भए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा सर्वसम्मतको प्रयासका लागि समय मागेपछि आज दिउँसो २ बजेदेखि सुरु हुने गरी निर्वाचनको नयाँ तालिका सार्वजनिक गरिएको थियो ।

तर, दुई प्रदेशबाहेकका समानुपातिक प्रतिनिधित्वका केन्द्रीय सदस्यहरुको विवाद टुंगिएपछि थप समय आवश्यक भएको भन्दै निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको हो । संशोधित तालिका अनुसार आज अपराह्न ४ बजेदेखि उमेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया सुरु हुनेछ ।

आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मतदान भने सोमबार बिहान ८ बजेदेखि हुने माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १६:२६