काठमाडौं । प्रहरीले काठमाडौंको नरेफाँट तरकारी बजारस्थित सडकखण्डबाट एकजनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका–४ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने ४६ वर्षीय लेखबहादुर तामाङ हुन् ।
कोटेश्वर प्रहरी प्रभागका इन्सपेक्टर सुरेश भट्टको कमाण्डमा गएको प्रहरी टोलीले तामाङलाई नुफिन, फेनेरगन र डाइजेपाम ८९२ वटा लुकाएको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले रोक्न खोजेपछि उनी शंकास्पद गतिविधि गरेर भाग्न खोजेका थिए । तामाङले युगान्तर मिडिया प्रालिको प्रेस लेखिएको परिचयपत्र पनि बरामद गरेको छ ।
पत्रकार परिचयपत्र, मोबाइल २ थान र लागुऔषधसहित उनलाई हाल महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखेर लागुऔषध नियनत्रण ऐन २०३३ बमोजिम थप कारबाही भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
।