सूचनाको शक्ति - The Power Of Information

        

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त माग गरेको हो ।

नयाँ माग अनुसार १२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी, २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट माग गरिएको छ । दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ ।

विज्ञापन हेर्नुहोस् :

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १०:१७