सूचनाको शक्ति - The Power Of Information

        

संशोधनसहित नेकपा माओवादी केन्द्रको विधान पारित

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा जारी माओवादी केन्द्रको ८औं महाधिवेशनको बन्दसत्रले संशोधनसहित विधान पारित गरेको माओवादी नेता मोहन कार्कीले जानकारी दिए ।

उनकाअनुसार केन्द्रीय सदस्य २९९ सदस्यीय हुने भएको छ । पदाधिकारी बहुपदीय हुने भनिए पनि संख्या भने यकिन गरिएको छैन । पदाधिकारी संख्या केन्द्रीय समितिले तय गर्ने नेता कार्कीले बताए ।

विधानअनुसार केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी रहने व्यवस्था गरिएको उनले बताए । त्यसमध्ये १५ प्रतिशत अध्यक्षले मनोनित गर्नेछन् । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो । विधान पारित भएलगत्तै स्थायी कमिटी बैठक बसिरहेको छ ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार १३:४४