सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवसमा ‘साइकल यात्रा’

बाँके । अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवसको अवसरमा नेपालगन्जमा ‘साइकल यात्रा’ गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा ढाका टोपीसहित ‘साइकल यात्रा’ गरिएको हो ।

साइकलमा उपस्थित क्लबका सदस्यहरु सहभागी ‘साइकल यात्रा’को उद्घाटन नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष सुनिलसिह हमालले गरेका थिए । बिपी चौकबाट सुरु भएको ‘साइकल यात्रा’ नेपालगन्जका विभिन्न भाग परिक्रमा गरेको थियो ।

नेपालीको मौलिक पहिचानको रूपमा रहेको ढाका टोपी कोको प्रवर्धन र यसको पहिचानलाई उजागर गर्नु ‘साइकल यात्रा’को उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रम क्लबका बरिष्ठ उपाध्यक्ष सुरेन्द्रदिप कार्कीको अध्यक्षतामा सम्पन्न भएको क्लवका सचिव प्रदीप सापकोटा जानकारी दिए ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार ११:०७