सूचनाको शक्ति - The Power Of Information

        

थप २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ भने ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् ।

जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् भने २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार १७:३४