सूचनाको शक्ति - The Power Of Information

        

अबको एक/डेढ घण्टामा हुस्सु हट्छ : मौसमविद्

काठमाडौं । बिहानैदेखि लागेको बाक्लो हुस्सु, कुहिरोका कारण काठमाण्डौकाे भिजिबिलिटी घटेको छ ।

यसले गर्दा आन्तरिक र बाह्य उडान अवतरण नै ठप्प भएको छ । बिहानदेखि नै कुनै पनि उडान अवतरण हुन सकेको छैन ।

बाक्लो हुस्सुले अवतरण हुन नसकेपछि काठमाण्डौ आएका आठ वटा जहाज आकाशमै घुमिरहेका छन् ।तर, काठमाण्डौ उपत्यकामा लागेको बाक्लो हुस्सु, कुहिरो बिस्तारै हट्न थालेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बिहान एक सय मिटरमा झरेको भिजिबिलिटी अहिले दुई सय मिटरमा पुगेको छ । अबको एक/ढेड घण्टा पछि उडान अवतरण गर्न मिल्ने गरी भिजिबिलिटी बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

घाम नलाग्दा कठ्याङ्ग्रिँदो चिसो छ । काठमाण्डौको बिहान पौने नौ बजेको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

आज दिउँसाे उपत्यकामा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार ११:४९