सूचनाको शक्ति - The Power Of Information

        

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङ ।  दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पहिचान हुन नसकेको गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका(६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर(सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण(६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो ।

सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर(हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार ११:४४