सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको महाधिवेशन : बन्दशत्रमा उठेका प्रश्नमा आज प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को काठमाडौँंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदनको बारेमा उठेका प्रश्नको आज अध्यक्ष प्रचण्डले जवाफ दिने भएका छन् ।

राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि समूहगत छलफल हिजो सकिएपछि आज शुक्रबार प्रचण्डले पुरक प्रतिवेदनको बारेमा पनि जवाफ दिने निर्णय भएको नेता देव गुरुङले बताए । बन्दशत्रमा हिजो १४ समूहका संयोजकले निष्कर्ष प्रस्तुत गरेका थिए भने ११ वटा समूहले अस्ति नै निष्कर्ष सुनाएका थिए ।

नेता लेखनाथ न्यौपानेले भने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा १० बुँदे फरक मत राख्नुभएको छ । न्यौपानेले प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको आरोप लगाएका छन् । राजनीतिक प्रतिवेदन र विधानको मस्यौदा पारित भएपछि पदाधिकारी चयन प्रक्रियामा जाने तयारी माओवादी केन्द्रले गरेको छ ।

यसैबीच आज छलफल सुरु गर्नुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकले बन्दसत्रमा उठेका प्रश्नहरु कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल गर्ने माओवादीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०७८, शुक्रबार ११:३८