सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

भेरी अस्पतालको स्टोर कोठामा ३ जना मृत भेटिए, अनुसन्धान जारी

थप विवरण आउन बाँकी

बाँके । भेरी अस्पतालको स्टोर कक्षमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन् ।

बाँके प्रहरीका अनुसार अस्पतालको स्टोर कक्षमा बस्दै आएका अस्पतालकै कर्मचारीका परिवारका ५ जना सदस्यहरुमध्ये ३ जना मृत अवस्थामा भेटिएका हुन् भने अरु अचेत अवस्थामा छन् ।

राती आगो पालेर सुतेका उनीहरु त्यसको धुवाँले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मृतकहरुको मुखबाट फिँज निस्किएको अवस्थामा शव फेला परेको थियो । मृतकमध्ये एकजना नाबालकसमेत छन् ।
अचेत भएकाहरुको उपचार भइरहेको छ भने अस्पतालमा बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगिसकेका छन् ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ०८:३०