सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा एकैदिन १५ लाख कोरोना संक्रमित थपिए

काठमाडौं ।  विश्वभर एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिनेमा अमेरिकामा मात्रै ४ लाख ३८ हजारभन्दा धेरै छन् । त्यसैगरी फ्रान्समा २ लाख ८ हजार, बेलायतमा एक लाख ८३ हजार, स्पेनमा एक लाख, इटलीमा ९८ हजार जनामा संक्रमण पुष्टि भएको छ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर यूरोपमा बढेको बताइएको छ।

यही अवधिमा ५ लाख ६९ हजार निको भएका छन् भने ६ हजार ६८१ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार पाँच सय, रुसमा ९३२, पोल्याण्डमा ७९४, यूक्रेनमा ३०७ जना रहेका छन् ।

पछिल्लो एक दिनमा निको हुने अमेरिकामा ७२ हजार, जर्मनीमा ५९ हजार, फ्रान्समा ५६ हजार, बेलायतमा ४९ हजार, रुसमा ४२ हजार र टर्कीमा २५ हजार रहेका छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २८ करोड ४८ लाख पुगेको छ । तीमध्ये साढे २५ लाखभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ३७ हजारको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ०७:४७