सूचनाको शक्ति - The Power Of Information

        

चिसोमा नागरिकको जिवन रक्षाको माग गर्दै प्रशासनको ध्यानाकषर्ण

बाँके । चिसो र शितलहरबाट नागरिकलाई बचाउन भन्दै बाँके र बर्दियाका जिल्ला प्रशासन कार्यालयको ध्यानाकषर्ण गराइएको छ ।

पछिल्लो समय बढ्दै गएको चिसो तथा शितलहरबाट नागरिकलाई बचाउनका लागि पुर्व तयारी गर्न भन्दै बाँके र बर्दियाका प्रशासनको ध्यानाकषर्ण गराइएको हो ।

बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले आज बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकषर्ण गराए ।

मौसममा आएको परिर्वतनसंगै यतिबेला बाँकेमा चिसो बढ्दै गएपछि शितलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालबालिका, दीर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न गई विरामी हुने र जनजिवन कष्टकर बन्दै गएको नागरिक समाजका अगुवाले बताएकाछन् । सोही सन्र्दभमा बाँके र बर्दिया प्रशासनलाई ५ बुदेँ ध्यानाकषर्ण गराइएको हो ।

शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउँन, चिसो तथा शीतलहरका कारण नागरिको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा उचित दाउराको व्यवस्था, जेष्ठ नागरिक, असहाय, बालबालिका, दीर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शितलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शितलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित समयमा व्यवस्थापन तथा पुर्वतयारीको राम्रो ब्यवस्थापन गर्न र विपत जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारबाहीलाई अघि बढाउन माग गर्दै सोको कार्यान्वयनका लागि ध्यानाकषर्ण गराइएको हो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले बाँके प्रशासनको ध्यानाकषर्ण गराएको छ ।
यस्तै बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बर्दिया नागरिक समाजका अगुवाहरुको एक समुहले आजै ज्ञापनपत्र बुझाएको छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १८:०१