सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्रको महाधिवेशन

माओवादीमा ११ समूहको छलफल सकियो, बाँकी भोलि ११ बजेदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको छलफलमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छफल स्थगित गरिएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार अब बिहीबार विहान ११ बजेदेखि पुन: बाँकी समूहले समूहगत छलपलको निष्कर्ष सुनाउनेछन् ।

बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश१ बाट अजम्बर काङमाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, वागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १७:४९