सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा २३ हजार विद्यार्थीले लगाए कोरोना खोप

बझाङ । बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । गत सोमबार ५ गतेदेखि जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका २३ हजार ४६५ जना विद्यार्थीलाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

स्वास्थ्य कार्यालय बझाङका अनुसार ९९ वटा विद्यालय र पालिकाका स्वास्थ्य संस्थाबाट मोडर्ना खोप लगाइएको हो । स्वास्थ्य कार्यालय बझाङलाई प्राप्त २४ हजार खोप संख्या मात्रै भएकाले अहिले २३ हजार ४६५ जना विद्यार्थी तथा बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीले बताए ।

उनका अनुसार बझाङमा १२ देखि १७ वर्ष उमेर समूहका ३९ हजार १२४ जना विद्यार्थी भए पनि खोप अभावका कारण सबैलाई खोप सुविधा दिन नसकिएको हो । अझैं १५ हजार ६५९ जना मोडर्ना खोप लगाउनबाट बञ्चित भएका छन् ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार १०:१६