काठमाडौं । काठमाण्डौको चन्द्रागिरीमा हिउँ परेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौमा पनि गए रातिदेखि पानी परिरहेको छ । वर्षासँगै चन्द्रागिरीमा हिउँ परेको हो ।

आज दिनभरिकै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ ।
वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ ।
तस्बिर : चन्द्रागिरि हिल्स लिमिटेड
।