सूचनाको शक्ति - The Power Of Information

        

शिक्षक सेवा आयोगले माग्यो १३९३ प्राथमिक शिक्षक (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो ।

प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६०, कर्णालीमा ८ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ ।

खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् ।

उम्मेदवारले online.tsc.gov.np/  मा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार ०८:३५