सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मंगलवार ३ जनामा कोरोना देखियो

बाँके । बाँकेमा मंगलवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा थप तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ८ नमुना जाँच्दा दुई र मेडिकल कलेज कोहलपुरमा १८ नमुना जाँच्दा एक जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्यावमा १२ जनाको नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका दुई जना रहेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ९८ पुगेको छ ।

यस्तै दुई जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४४ पुगेको छ ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १६:२७