सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन

आरोहण हुन नसकेको ‘भर्जिन साइपाल’

साइपाल आरोहणका लागि गत आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएको थियो ।

बझाङ । सुदूरपश्चिमकै सुन्दर हिमाल मध्येमा पर्ने बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । हिमालसँग मानवसम्बन्ध जोडिएको ७० बर्षसम्म पनि साइपाल हिमाल (७०३१ मिटर)को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि गत आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएको थियो ।

पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रीत भएको भन्दै पर्यटन व्यवसायीहरुले २०७५ सालमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्ने साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहणदलबाट २० जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिए ।

शेर्पा हिमालय अण्डर कम्पनीबाट आरोहणमा गएका चार शेर्पा र दुई जना स्पेनका आरोही ५५०० मिटरको सो समिटसम्म पुगेर फर्केको शेर्पा गाइड लिडर पेछुम्बे शेर्पाले बताए । उनले भने, ‘प्राविधिकरुपमा कठीन हिमाल रहेछ, त्यसैले हाम्रो तयारी कम भएर फिर्ता हुन बाध्य भयौं ।’ आरोहीहरू सक्षम हुने भए आरोहण सफल हुने उनको विश्वास छ ।

शेर्पा गाइडहरुले १२०० मिटर डोरी टाँगेर सोसमिटसम्म बाटो बनाए पनि स्थानीय चार महिला र अन्य आरोहीले जान नसक्ने भनेपछि पहिलो आरोहण सफल नभएको शेर्पाले बताए । सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीबिना चड्ने) गर्ने हो भने आरोहण सफल हुने गाइडहरुको अनुभव छ । पश्चिम क्षेत्रमा सय बढी हिमालहरु पहिचान गरी आरोहणका लागि खला गरिए पनि अझै आरोहण हुन सकेको छैन ।

आरोहण हुन नसकेका हिमालहरुको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीहरुको माग छ । विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नु पर्ने साइपाल हिमाल आरोहण दलका वेस क्याम्प मेनेजर भोजराज भट्टले तर्क गरेका छन् ।

सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यका साथ २० वर्षसम्म त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निशुल्क गरे पनि आरोहण हुन सकेको थिएन । केहि वर्षदेखि पर्यटन विभागले रोयल्टी लिन शुरु गरेको पर्यटन विभागले जानकारी दिएको छ । सुदूरपश्चिमका हिमालबाट विभागले २०७५ सालसम्मको तथ्याङ्क चार लाख ८१ हजार राजश्व संकलन गरेको छ ।

सरकारले पहिचान गरी आरोहणका लागि खुला गरेका ४०३ वटा हिमालमध्ये मुख्य आकर्षक हिमालमा साइपाल हिमाल पर्ने साइपाल हिमाल आरोहण गर्न गएका आरोहीहरुको भनाई छ । पश्चिम क्षेत्रमा करिब डेढ सय हिमाल छन्, तर आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विषेश प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

साइपाल हिमाल आरोहण गर्न २०७५ सालमा आरोहण दलका २० जना पर्वतारोहीले पर्यटन विभागबाट अनुमति लिएर आरोहणमा लिएर बझाङ पुगेका थिए । स्थानीयवासीले सुदूरपश्चिममै पहिलो आरोहण हुन लागेको भन्दै पर्वतारोहीलाई बझाङको सदरमुकाम चैनपुरमा स्वागत गरेका थिए । आरोहण दलका सदस्य र स्थानीयसहित ३७ जनाको टोली आधारशिविरतर्फ गएको थियो ।

आरोहण दलमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा.जर्ज र एडुर्ने पासावन रहेका थिए । पश्चिम क्षेत्रमा करिब १५० हिमाल भए पनि आरोहण हुन सकेका छैनन् । साइपाल हिमाललाई अहिले भर्जिन हिमाल भनेर पनि भन्ने गरिएको छ । पहिलो पटक आरोहण असफल भएपछि भने हालसम्म आरोहणका लागी बझाङ पुगेका छैनन् ।

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १२:५३